Wednesday, February 12, 2025
Home KnowledgeLaw Rental Agreement Specimen/Template in Nepali
Rental Agreement Template

Rental Agreement Specimen/Template in Nepali

by Expert Nepal
0 comments

Rental agreements are widely used contracts mostly between two parties. Provided here is a simple rental agreement Specimen/Template which can help you to execute contact on proper procedure.

Specimen/Template

लिखितम् घरधनी काठमाडौं जिल्ला सावीक का. म. न. पा. वडा नं. ………………………………………………………… हाल सावीक का. म. न. पा. वडा नं. ……………………………………………. का नाती ……………………………………….. छोरा वर्ष ६८ का शुशिल …………………….. १ (यसपछि करारनामा प्रथम पक्ष भनिएको) तथा ………………………………………………….. प्रा.लि. का संचालक …………………………….. जिल्ला ………………………… गा. वि. स.वडा नं. ….. हाल काठमाडौं जिल्ला वडा नं. ……………., बस्ने वर्ष ३० का (यसपछि करारनामामा द्वितीय पक्ष भनिएको) १ का बीच तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही प्रथम पक्षको नाउ“मा मा. पो. का. काठमाडौं मा दर्ता श्रेस्ता कायम कित्ता नं. ……………………………………….. मा बनेको प्रथम पक्षको हक भोगमा रहेको क्षेत्रफल ०—०—२—२ मा बनेको घरको तेस्रो तल्लाको १ कोठा वहालमा लिन/दिन मञ्जुर भएको हु“दा प्रथम पक्षकै घर बैठकमा बसी करार ऐन, २०५६ अन्र्तगत यो करारनामाको कागज लेखि लेखाई सहिछाप गरी एक–एक प्रति लियौं /दियौं ।
तपसिल
करारका शर्त तथा बन्देजहरु :
(१) प्रथम पक्ष र प्रथम पक्षको नाममा दर्ता श्रेस्ता कायम रहेको काठमाडौ जिल्ला का. म. न. पा. वडा नं…… स्थित घर वहालमा दिनुहोस् भनी तपाई द्वितीय पक्षका तर्फबाट राखेको प्रस्तावमा म प्रथम पक्षको मञ्जुरी रहेको छ ।
(२) प्रकरण नं. (१) मा उलेखित भए बमोजिम उपरोक्त घरको वहाल वार्षिक रु.७२०००।– (रु. बहत्तर हजार मात्र) हुने र मिति २०७८/०४/२० देखी लागु हुने कुरामा हामी दुवै पक्षको मञ्जुरी रहेको छ ।
३) द्वितीय पक्षले घर वहालमा लिएपछि उक्त घरको वहाल रकम अग्रीम ३ तीन/तीन महिनाको एकमुष्ठ रुपमा प्रथम पक्षलाई बुझाउनु पर्नेछ । उक्त घर छोड्न छोडाउन परेमा अग्रीम रुपमा ३५ दिनको अग्रिम सूचना दिई छाड्न/छोडाउन सकिनेछ ।
(४) प्रथम पक्षको घर वहालमा लिएपछि निजको मञ्जुरी विना घरको आकृति प्रकृति बिग्रने गरी कुनै किसिमको मर्मत सम्भार गर्न पाउने छैन एंव लिएको घरप्राङ्गण सफा राख्नु पर्नेछ र कोठामा गरिएको आन्तरीक सजावट लगाएतका द्वितीय पक्षका सर सामानहरु कोठा छाड्दाका अवस्थामा द्वितीय पक्षले लिएर जान पाउनेछ ।
(५) घर बहाल लिए दिए वापत नेपाल सरकारलाई बुझाउन पर्ने घर बहाल कर प्रथम पक्षले तिर्नु बुझाउनु पर्ने छ ।
(६) यो करारनामाको अवधि ५ (पा“च) वर्षको हुनेछ । र दुवै पक्षको आपसी समझदारीबाट करारनामाको अवधि बढाउन सकिनेछ ।
(७) द्वितीय पक्षले सो घर भाडामा लिएपछि विद्युतको र पानीको महशुल सवमिटर बमोजिम उठेको रकम महिनावारी रुपमा प्रथम पक्षलाई द्वितीय पक्षले बुझाउने छ ।
(८) यस करारनामामा लेखिएका कुराहरुमा यसै करारनामा बमोजिम र यस करारनामामा नलेखिएका कुराहरुका सम्बन्धमा करार ऐन, २०५६ तथा अन्य प्रचलित कानून बमोजिम हुनेछ ।
साक्षीहरु :
(१) का .जि. काठमाडांै म. न. पा., वडा नं. १७ बस्ने बर्ष ३० को ………………………………..
(२) का .जि. काठमाडांै म. न. पा./न. पा., वडा नं २६ बस्ने बर्ष २५ को ………………………
प्रथम पक्ष द्वितीय पक्ष

............................                       ...................

इति सम्वत २०….. साल …… महिना …… गते रोज …. शुभम् ।

You may also like

About Us

Expertnepal.com provides Financial News, Stock Quotes, NEPSE Announcements, Annual and Quarterly Reports of Listed Companies, and other various analysis tools & guidelines on Portfolio Management.

Expertnepal.com is developed and run by Adventure Knights Trip

Get in touch

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.