MOA Specimen/template in Nepali

MOA Specimen/template in Nepali

MOA Specimen/template in Nepali

The Office of the Company Registrar of Nepal has the mandate to prepare all the necessary documents from company formation to drafting of minutes and annual returns shall only be in the Nepali language.

MOA specimen/template for One Person Company.

In Nepal, we can register a private limited company with only one shareholder. A person holds 100% share of the company. So, being a small one-person company many clauses are not mandated for drafting the final MOA such as other private and public companies.

Here below is the template of MOA of One Person Company.

 कम्पनीऐन, २०६३अन्तर्गतसंस्थापित 
( दफा १८ को उपदफा (६) सँगसम्बन्धित )
 ……………………………………………. प्रा.लि को 

प्रवन्धपत्र

१) कम्पनीको नामःयस कम्पनीको नामः– ………………………………………………………….. प्रा.लि( ……………………………. pvt.ltd ) हुनेछ।

 २) कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगानाः 
   क) यसकम्पनीको रजिष्टर्ड कार्यालय ………………………………………………………..  वडा न. ……….. मा रहनेछ। कम्पनीले आवाश्यकता अनुसारर जिष्टर्ड कार्यलय स्थानान्तरण गर्न तथा स्वदेश तथा विदेशका विभिन्न स्थानमा शाखा कार्यालय खोल्न सक्नेछ।
   ख)  यसकम्पनीको कारोवार गर्ने स्थान. ………………………………………………………  मा रहनेछ  । स्वीकृतीलिनपर्ने ठाउमा  स्वीकृतिलिई कम्पनीले आवाश्यकता अनुसार कारोवारगर्नेस्थान  स्वदेशतथाविदेशका विभिन्नस्थानमा  खोल्न वा बन्दगर्न सक्नेछ।

३) कम्पनीलेगर्नेव्यवसायवाकारोबारकोप्रकृतीः 
यस कम्पनीले गर्ने ब्यवसाय वा कारोवार ब्यापारिक  प्रकृतीको हुनेछ। 

४) कम्पनीकोउद्देश्यः 
(१) यसकम्पनीकोउद्देश्यदेहायबमोजिमहुनेछः– 
क) ……………………………………………………………………………………………………………………………। 
ख) ……………………………………………………………………………………………………………………………।
ग) …………………………………………………………………………………………………………………………….।
(२) कम्पनीलेउपदफा (१) बमोजिमको उद्देश्य कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजतप्राप्त गर्नुपर्नेभएमा सो प्राप्तभएपछि मात्र कार्यान्वयन गरिनेछ।
(३) उपदफा (१) मा उल्लिखित उद्देश्यका सम्बन्धमा अनुमति वा इजाजतप्राप्त गरेको पन्ध्रदिन भित्र त्यस्तो अनुमति वा इजाजतपत्रको प्रतिलिपि कार्यालयमा पेश गरिनेछ। 

५) कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरुः
यस कम्पनीले दफा ४ बमोजिमका उद्देश्यप्राप्त गर्न देहायका कामहरु गर्नेछः–
(क) कम्पनीलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र अन्य आवश्यक उपकरण खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने।
(ख) कम्पनीलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवको शर्तहरु निर्धारण गर्ने।
(ग) कम्पनीको नाममा बैंक तथा वित्तिय संस्थामा खाता खोल्ने र संचालन गर्ने।  
(घ) कम्पनीलाई आवश्यक पर्ने रकम बैंक वा कुनै वित्तीय संस्थाबाट कम्पनीले कुनै धितो राखी वा नराखी कर्जा लिने। 
(ङ) कम्पनीको नाम बाट शेयर तथा डिवेन्चर खरिद गर्ने तथ त्यसलाई बिक्री गर्ने। 
(च) अन्य आवश्यक कुराहरुः
१)  कम्पनीले आफ्नो उद्देश्य पुरागर्न कम्प्यूटर तथा बिज्ञानप्रबिधिका अन्य कुनै पनि बस्तु, सेवाहरुको सहायतालिन सक्नेछ।  
२) प्रचलित कानूनबमोजिम स्वीकृती लिनुपर्नेमा सो लिई कम्पनीले कुनै स्थानीयवा बिदेशीव्यक्ति, फर्म, कम्पनी वा कानून बमोजिम स्थापित संगठित संस्थासंग प्राबिधिक एवं अन्य जुनसुकै प्रकृतिको सेवाप्राप्त गर्ने सम्वन्धी सम्झौता, ट्र्ेडमार्क वा लाइसेन्सीङ्ग सम्झौता, संयुक्त लगानी सम्झौता, व्यवस्थापन तथा बजार सम्झौता, ऋण सम्झौता तथा आवश्यकतानुसार अन्य जुन सुकै प्रकृतिका सम्झौताहरु गर्न सक्नेछ।
३)चलित कानून बमोजिम आवश्यक स्वीकृती लिनुपर्नेमा सोलिई कम्पनीले स्थानीय रुपमा वा विदेशमा समेत शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना गर्ने, संचालन गर्ने तथा माथि उल्लेखित उद्देश्यसंग सम्बन्धित सहायक प्रकृतिका कुनै कार्यहरु संचालन गर्न सक्नेछ। 
४) सम्बन्धित उद्देश्य पुर्तिको सिलसिलामा कम्पनीले ह्रासकट्टी कोष, जगेडाकोष, उपदानकोष, अवकाशकोष, कर्मचारी कल्याण कोष खडा गर्न, संचालन गर्न सक्नेछ।
५)कम्पनीले आफ्नो कारोवारको सिलसिलामा वा आफ्नो हित सुरक्षित गर्न आवश्यकभएमा आफ्नो वा आफ्ना अधिकृत तथा कर्मचारीहरुको तर्पबाट जुन सुकै निकायमा निवेदन दिन, मुद्दा दायर गर्न, प्रतिवाद वा प्रतिरक्षा गर्न मिलापत्र गर्न एवं उपरोक्त कार्यकालागी अन्यकसै लाई्अधिकार प्रत्यायोजन गर्न सक्ने छ। विवाद एवं मुद्दाहरुलाई अदालत वा सम्बन्धित निकाय, ट्राईबुनल, मध्यस्थ वा अरु कार्यालयमा आवश्यकतानुसार पेश गर्न सक्नेछ। 
६) कम्पनीले आफ्नो व्यवसायिक नाम, लोगो, ट्रेडमार्क तथा अन्य कसैको स्वामित्व भएकोटे «डमार्क आवश्यक स्विकृति लिएर दर्ता गर्न, प्रयोग गर्नसक्नेछ। 
७)कम्पनीले आफ्नो मुख्य उद्देश्य प्राप्ती मा लाभान्वित हुने ठानेमा आफुले गर्ने गरि अधिकार वा अनुमतिपाएको वा आफ्नो उद्देश्य अन्तर्गत परेको कार्य गरिरहेको वागर्ने कुनै व्यक्ति, फर्म, कम्पनीको व्यवसायिक सम्पत्ति, अधिकार, इजाजत, अनुमती तथा दायित्वको सबै वा केही अंशप्राप्त गर्न, जिम्मा लिन, अंगिकार गर्न वा भोग गर्न सक्नेछ।

६) कम्पनीको पंूजीको संरचनाः– 
कम्पनीको पूंजीको संरचना देहाय बमोजिम हुनेछः–
(क) कम्पनीको अधिकृत पूंजी रु १,०००००००।– (रु.एक करोड) हुनेछ। सो पूंजीलाई रु.१००।– का दरले १००००० (एक लाख) थान साधारण शेयर मा विभाजन गरिएको छ।
(ख) कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी रु१,०००००००।– (रु.एककरोड) हुनेछ।  
(ग) कम्पनीका संस्थापकहरुले तत्काल चुक्ता गर्न कबूल गरेको पूँजी रु३६,०००००।– (रु.छत्तिस  लाख) हुनेछ। 

७) कम्पनीको शेयरको किसिमः 
 कम्पनीको शेयरको संरचना देहाय बमोजिम हुनेछः
(क) कम्पनीका शेयरहरु सवै साधारण शेयरमा मात्र विभाजन गरी जारि गरिएको छ। 
(ख) तत्काल अग्राधिकार शेयर सम्वन्धी कुनै व्यवस्था गरिएको छैन। 

८) शेयर खरिद वा हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुराः
(क) संचालक समितिको पूर्व स्वीकृती नलिई कम्पनीको शेयर कुनै व्यक्तिवा संगठित संस्थालाई विक्रि वितरण गरिने छैन। 
(ख)संस्थापकहरुले लिन कबूल गरेकोे शेयरको माँग रकम पुरा चुक्ता भूक्तान नभए सम्म हक हस्तान्तरण गरी छाडीदि नवाधितो बन्धक राख्नपाईने छैन।
तर कम्पनीमा जगेडामा रहेको शेयर विक्रीगर्न प्रथम वार्षिक साधारणसभा हुन आवश्यक पर्ने छैन। 
(ग) संस्थापकहरुले आफ्नो शेयर माथीको हक छाड्न सक्नेछन्। तर त्यसरी हक छाड्दा वा हस्तान्तरण गर्दा पहिलो प्राथमिकता, कायम रहेका शेयरधनीहरुलाई दिनु पर्नेछ।यसरी शेयर विक्री गर्दा एक भन्दा बढी शेयरधनी हरुले शेयर खरिद गर्न चाहेमा निजले धारणगरेको शेयरको अनुपातमा वितरण गर्नुपर्ने छ।कायम रहेका कुनैपनि शेयर धनीले शेयर लिनेइच्छा नगरेमा संचालक समितिको स्वीकृती लिई अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई शेयर विक्री गर्न सकिनेछ। 
(घ)कुनै संस्थापक शेयरधनीले शेयर धितोबन्धक राखेको माधितो बन्धकी निखन्ननसक्ने अवस्था परि धितोब्न्धकी राखेको शेयरहरु अरु कुनै संस्थापक वा संस्थापकहरुले धितोको रकम तिरीआफ्नो नाममा नामसारी गर्नसक्ने छन।तर कुनै पनि संस्थापकले धितोको रकम तिरी आफ्नो नाममा नामसारी गर्न नचाहेमा धितोबन्धकी लिनेव्यक्ति, फर्म, कम्पनी वा संस्थाका नाममा नामसारी गर्न सकिनेछ। 

९) शेयरवापतकोरकमकोभुक्तानीः 
(१) कम्पनीले आफ्नो आवश्यकता अनुसार संचालक समितिको वैठक बाट निर्णय गरी शेयर वापत को रकम आंशिक वा पूर्णरुपले भुक्तानी माग गर्न सक्नेछ।
(२) शेयरवापत कम्पनीले माग गरेका रकमहरु निर्धारित समयमा शेयर धनीले बुझाउनु पर्नेछ। 
(३) शेयरवापतको रकम माग गर्ने, माग गरेको रकम निर्धारित समयभित्र बुझाउने, भूक्तानीको म्याद थममाग गर्ने तथा कम्पनीले म्याददिने जस्ता कुराहरु नियमावली मा उल्लेख भए वमोजिम हुनेछ। 

१०) शेयरधनीको अधिकतम संख्याः—
यस कम्पनीमा वढीमा ५० जना सम्म शेयरधनी कायम रहने छन्।तर कर्मचारीहरुलाई शेयर विक्री गर्ने योजना अन्तर्गत कम्पनीका शेयर खरिद गरेका कर्मचारी वा त्यस्तो योजना अन्तर्गत शेयर खरिद गरी सकेका तर तत्काल कम्पनीका सेवामा नरहेका कर्मचारीलाई शेयर धनीको अधिकतम संख्याको निर्धारण गरिने छैन। 
११) दायित्व सिमित हुनेः—
यसकम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरिद गरेको वा खरिद गर्न कवुल गरेको शेयरको अंकित मूल्य सम्ममात्र सिमित रहनेछ। तर कुनै शेयर धनी वा संचालकले सोहै सियतमा तेस्रोपक्षसगगरेको व्यक्तिगत जमानत सम्वन्धी सम्झौता वमोजिमको दायित्वको हकमा सोव्यवस्था लागू हुने छैन।

१२) अन्यआवश्यककुराहरुः
(१) कम्पनीको संस्थापना गर्दालागेको खर्च कम्पनीलेनै व्यहोर्नुपर्ने छ। 
(२) संस्थापकले नगद बाहेक कुनै किसिमबाट शेयर खरीद गर्न पाउने गरी कम्पनीको संचालक समितिले स्वीकृत दिएमा तथा अन्य शेयर वालाले नगदवाहेक अन्य कुनै किसिमबाट शेयर खरिद गर्न पाउने गरी वार्षिक साधारण सभा स्वीकृती दिएमा शेयरमा हकप्राप्त गर्न सक्नेछ। 
(३)कम्पनीले कारोवार शुरु गर्दाको अवस्थामा संस्थापकवा अन्य कुनै व्यक्तिबाट कुनै किसिमसँग कुनै सम्पत्तिप्राप्त गर्न पाउने गरी संचालक समितिले स्वीकृत दिएमा हक प्राप्त गर्नसक्ने छ। 
(४)संस्थापक वा अन्य कुनै व्यक्तिले कम्पनीबाट कुनै विशेष सहुलियत वा अधिकार पाउने गरी सर्व सम्मतसंझौता भएकोमा सोही बमोजिम र अन्य अवस्थामा साधारणसभा ले स्वीकृत दिए बमोजिम हुनेछ। 

१४) प्रवन्धपत्रमा संशोधन भएमा लागू हुनेअवस्थाः—
यस प्रवन्धपत्रमा कुनै संशोधन गर्नुपर्ने भएमा साधारणसभा बाट विशेष प्रस्ताव पारित गरी वा सर्बसम्मत संझौतामा उल्लेख भए बमोजिम निर्णय गरी सो प्रस्ताववा निर्णय कार्यालयमा अभिलेख भएपछि मात्र प्रवन्धपत्र संशोधन भएको मानिनेछ। 

१५) प्रवन्धपत्र बाझिएको हदसम्म अमान्यहुनेः यस प्रवन्धपत्रमा लेखिएको कुरा कम्पनी ऐन, २०६३ वा अन्य प्रचलित कानूनसंग बाझिएमा बाझिएका हद सम्मस्वतःबदर हुनेछन्। 

१६) संस्थापकहरुले तत्काल निलकवुल गरेको शेयर संख्या र उदघोषणः—