मिसम्याच सम्बन्धी जानकारी

मिसम्याच

मिसम्याच सम्बन्धी जानकारी

मिसम्याच भनेको के हो?

» कुनै करदाताले देखाएको कारोबार (बिक्रेता, क्रेता, साहु र आसामी) र अरूले उक्त करदातालाई रिपोर्टिङ गरेको कारोबार (बिक्रेता, क्रेता, साहु र आसामी) फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ ।
» एक लाखभन्दा बढीको कारोबार गरेका करदाताहरूले आर्थिक वर्षको अन्त्यसम्ममा भएको कारोबारका आधारमा आय विवरणको अनुसूची १३ भर्नुपर्दछ । यसरी उक्त विवरण भर्दा दुवै पक्षले भरेको विवरण मिल्नुपर्दछ । नमिलेमा मिसम्याच पर्दछ।
» मानौँ अनुसूची १३ भर्दा करदाता “क” ले करदाता “ख” लाई रु.१ लाख दिन बाँकी (साहु) भनेर देखायो र करदाता “ख” ले कर
दाता “क” बाट रु. १ लाख लिन बाँकी (आसामी) भनेर देखायो भने मिसम्याच पर्दैन किनभने दुवैले देखाएको कारोबार मिल्न गएको छ ।
» त्यसै गरी खरिद र बिक्रीको हकमा पनि यस्तै हुन्छ । दुईमध्ये एकले देखाएको कारोबार फरक परेमा मात्र मिसम्याच पर्दछ ।

के मिसम्याच पर्दैमा कर दायित्व सिर्जना हुन्छ?

» मिसम्यास पर्दैमा कर दायित्व सिर्जना भइहाल्छ भन्ने हुँदैन तर कर दाताले पेस गरेको विवरण र मिसम्याचबाट देखिएको कारोबार मेल खाएन भने तथा करदाताले त्यसलाई पुष्टि गर्ने कागजातसमेत पेस गर्न सकेन भने मिसम्याचबाट कर दायित्व सिर्जना हुन्छ ।
» मिसम्याचका माध्यमबाट करदाताको कारोबार विश्लेषण गर्न कर अधिकृतलाई धेरै हदसम्म सहयोग मिल्दछ ।
» मानौँ अनुसूची १३ भर्दा करदाता “क” ले करदाता “ख” बाट रु. १० लाखको खरिद गरेको भनी देखायो तर करदाता “ख” ले कर दाता “क” लाई रु. ८ लाखको मात्र बिक्री गरेको देखायो भने यसमा मिसम्याच पर्दछ ।
» प्रस्तुत उदाहरणमा कि त क–ले नभएको खरिद देखाएर नाफा घटाएको हुन सक्छ वा ख–ले बिक्री लुकाएको हुन सक्छ ।

मिसम्याच पुष्टि भएमा कति कर लाग्दछ?

» फरक परेको कारोबार (नदेखाइएको÷लुकाइएको) रकममा व्यवसायलाई लाग्ने करका दरले आयकर निर्धारण गरिन्छ ।

» त्यसै गरी उक्त करमा ५०५ देखि १००५ सम्म जरिवाना लगाइन्छ । ब्याजसमेत तिर्नुपर्छ ।
» त्यसै गरी मू.अ. करतर्फ १३५ मू.अ. कर, १००५ जरिवाना, १५५ ब्याज र १०५ थप दस्तुर लगाएर कर निर्धारण गरिन्छ ।
» पुनश्चः मिसम्याच पर्दैमा कर निर्धारण भइहाल्ने होइन । करदाताले आफूले पेस गरेको विवरण पुष्टि गर्ने कागजात र प्रमाण पेस गरेमा मिसम्याचबाट कर निर्धारण हुँदैन ।